सहिदलाई सम्झीदै जनयुद्ध दिवस मनाइयो

Posted on: 14 Feb, 2019

टेकबहादुर शाही | फागुण २, दुनै, डोल्पा | हिमाली जिल्ला डोल्पामा २४ औँ जनयुद्ध दिबस जिल्लाका बिभिन्न स्थानमा मनाइएको छ । खासै उल्लासमय नदेखिएको जनयूद्ध दिवसमा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का सबै कार्यकर्ताहरुको उपस्थितिमा जिल्लामा जनयुद्धका क्रममा सहदि भएकाहरुलाइ सम्झीदै मनाइएको हो । 

जनयूद्धकका क्रममा डोल्पा जिल्लामा मात्रै ४३ जनाले बिभिन्न क्षेत्रमा ज्यान गुमाएका थिए । जनयूद्धको सूरुवात सँगै जिल्लामा जनयुद्धको थालनि गर्ने नन्दप्रसाद न्यौपानेलाइ २०५४ साल जेष्ठ १९ गते जाजरकोटमा अत्या गरे पछि डोल्पाका पहिलो सहिद भएका थिए । 

उनै योद्धा नन्दप्रसाद न्यौपानेको जन्मस्थान त्रिपूराकोट बगरमा रहेको शालिकमा अभिनन्दन गरेर जनयुद्ध दिवस मनाइएको नेकपाका एक सदस्य छक्कबहादुर धरालाले जानकारी दिए । 

जील्लाको सदरमुकाममा जिल्लाका ४३ जना तत्कालीन बिद्रोही र ८ जना सरकार पक्षबाट ज्यान गुमाएकाहरु प्रति अब्बीरावरण गरेर मनाइएको नेकपाकी सदस्य उर्मिला बिकले बताइन । 

जिल्लामा जनयुद्ध दिवस मनाइ रहदा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का उच्च पदस्थ पदाधिकारीहरु भने उपस्थित थिएनन । 

लस्करै जनयुद्धका बेला सहिद भएकाहरुको तस्विर राखेर जिल्लामा रहेका नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कार्यकर्ताहरुले २४ औँ जनयुद्ध दिवस मनाएका थिए । 

देशभर जनयुद्ध दिवस मनाइ रहदा पहिलाका बर्षका तुलनामा खासै उल्लास भने नरहेको जनयुद्धको मर्म र औचित्य भने शिर्ष नेताहरुले नै बिर्सान थालेको बिद्यार्थि नेता कमलबहादुर शाहीले आरोप लगाए । 


देशमा परिवर्तन जनयुद्धबाट आयो हामीले ति दिनहरुमा ज्यान गुमाउनेहरुका लागि एक दिन पनि सम्झन नसक्नु निकै दुखको कुरा भएको र कार्यकर्ता भन्दा शिर्ष नेताहरुले नै त्यो कुरा बिर्सी सकेको नेकपाका कार्यकर्ता रामचन्द्र रोकया (उत्तम)ले आक्रोस पोखे  । 

तस्वीर: जनयूद्धका बेलामा जिल्लामा ज्यान गुमाएका सहिदहरुलाइ सम्झीदै नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कार्यकर्ताहरु । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!