मलेसियामा भएको सडक दुर्घटनामा एक नेपालीको मृत्यु

Posted on: 14 Mar, 2023

फागुन ३०, काठमाडौँ | सडक दुर्घटनामा परेर मलेसियामा एक नेपालीको मृत्यु भएको छ ।

सोमबार विहान करिव ६ बजेतिर साथीलाई कामस्थलमा छोड्न जानेक्रममा दाङ घर भएका करिव ३५ वर्षीय रुपचन्द्र केसीको कारको ठक्करबाट घटनास्थलमै मृत्यु भएको हो । केसी विगत तीन वर्षदेखी मलेसियामा सुरक्षा गार्डको रुपमा काम गर्दै आएका थिए । 


नेपालबाट नयाँ गएका साथीलाई कामस्थल देखाउन सडक पार गर्ने क्रममा कारले ठक्कर दिएको उनीसँगै कोठामा बस्ने उनका साथीले जानकारी दिए ।

‘हामी बस्ने होस्टेलमा उहाँको डिउटी थियो, अर्को साथीले काम गर्ने स्थल थाहा नभएकाले ठाउँ देखाउन सडक पार गर्ने क्रममा कारले ठक्कर दिएको हो,’ साथीले भने, ‘विच सडकमै उनलाई ठक्कर दिएपछि केसीको घटनास्थलमै मृत्यु भयो । प्रहरीले शव उठाएर अस्पताल लगेको छ ।’

उनको घर दाङ भएपनि अन्य ठेगाना पहिचान भइनसकेको उनीसँगै बस्दै आएका नेपालीहरुले बताएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!