चारमहिनादेखि साउदीमा अलपत्र नेपाली महिलाको उद्धार

Posted on: 24 Feb, 2023

फागुन १२, काठमाडौं | साउदी अरबमा चारमहिनादेखि अलपत्र परेकी एक जना नेपाली महिलाको सकुशल उद्धार गरी नेपाल ल्याइएको छ ।

दस वर्षअघि कुवेत हुँदै साउदी अरब पुगेकी टंकमाया आङ्बोलाई विभिन्न रोजगारदाताहरूले अवैधानिक रूपमा लामो समयदेखि घरेलु कामदारको रुपमा काममा लगाएर करिब चार महिनाअघि अलपत्र अवस्थामा छाडेका थिए । रोजगारदाताले तामाङलाई जेद्दास्थित नेपाली महावाणिज्यदूतावासको कार्यालयको गेट बाहिर अलपत्र छाडिदिएर गएका थिए ।

महावाणिज्यदूतावासले तामाङलाई सुरक्षित रुपमा नेपाल फिर्ता नगरून्जेलसम्म सेल्टरमा राखेर नेपाल पठाउनका लागि आवश्यक प्रक्रिया थालेको थियो । गैर-आवासीय नेपाली संघको सहयोगमा महावाणिज्यदूतावासले उनलाई जहाजमार्फत बिहीबार नेपाल पठाएको एक विज्ञप्तिमार्फत जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!