माली विस्फोटन: सेनेगलका तीन जना शान्ति सैनिकको मृत्यु, नेपाली सैनिक सुरक्षित

Posted on: 22 Feb, 2023

फागुन १०, काठमाडौं | अफ्रिकन मूलुक मालीमा विस्फोटनमा परी संयुक्त राष्ट्र सङ्घको शान्ति सैनिक मिसन (मिनुस्मा)मा कार्यरत सेनेगलका तीन जना शान्ति सैनिकको मृत्यु भएको छ । केन्द्र मालीमा मङ्गलबार भएको उक्त विस्फोटनमा परी अन्य पाँचजना सैनिक गम्भीर घाइते भएको मिनुस्माले जनाएको छ ।


मिसनमा कार्यरत सबै नेपाली शान्ति सैनिक भने सुरक्षित रहेको नेपाली सेनाका प्रवक्ता सहायरथी कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो । नेपाली सैनिक रहेको क्षेत्रको अवस्था सामान्य रहेको उहाँले बताउनुभयो । मालीको शान्ति मिसनमा नेपालका ‘स्टाफ’, ‘अब्जर्भर’ ‘कन्टिजेन्ट’समेत गरी एक सय ८१ सकलदर्जा कार्यरत छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!