एक नेपालीले यूएईमा जिते ८२ करोड रुपैयाँको चिट्ठा

Posted on: 04 Feb, 2023

माघ २१, काठमाडौँ | कतारमा कार्यरत एक नेपाली युवाले ८२ करोड रुपैयाँ भन्दा बढीको चिट्ठा जितेका छन् । गल्फ न्यूजका अनुसार रञ्जितकुमार पालले अबुधावीमा बिग टिकट र्‍याफल ड्रबाट २.३ करोड दिराम बराबरको चिट्ठा जितेका हुन् । अबुधावी अन्तर्राष्ट्रिय विमानस्थल नजिकै खुला कार्यक्रमबीच शुक्रबार विजेता घोषणा कार्यक्रमको आयोजना गरिएको थियो । 

रञ्जितकुमार पालले गत जनवरी १६ मा २३२९३६ नम्बरको लट्री टिकट खरिद गरेका थिए । कतारको राजधानी दोहामा विगत सात वर्षदेखि उनी एक मनी एक्सचेन्ज कम्पनीमा कार्यरत रहेका छन् ।

उनले पछिल्लो १५ महिनादेखि २० जना साथीहरुसँग मिलेर बिग टिकट खरिद गर्दै आएका थिए । बिग टिकटका ग्राहकहरूलाई साप्ताहिक ड्रमा समेत सहभागी हुन्छन् जसमा उनीहरुले २४ क्यारेटको एक केजी सुन पनि जित्न सक्छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!