भारतको लखनउमा भएको दुर्घटनामा ३ जना नेपालीको ज्यान गयो

Posted on: 09 Jan, 2023

पुस २५, काठमाडौँ | भारतको लखनउमा भएको दुर्घटनामा ३ नेपालीको ज्यान गएको छ । अस्ति शनिवार राति १२ बजेतिर लखनउमा बस दुर्घटना भएको र दुर्घटनामा परि ३ नेपालीको ज्यान गएको हो ।

ज्यान गुमाउने नेपालीमा कैलालीको टीकापुरका रहेका छन् । दुई पुरुष र एक महिलाको ज्यान गएको खबर प्राप्त भएकाे जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख देवेन्द्रबहादुर पालले जानकारी दिनुभयो । उहाँका अनुसार ज्यान गुमाउनेको परिचय खुलेको छैन ।


घटनापछि उनीहरुको आफन्तहरु भारत गएका पनि उहाँले जानकारी दिनुभयो । अहिलेसम्म पाएको जानकारी अनुसार दुर्घटनामा बस चालक भारतीय नागरिकको पनि ज्यान गएको छ ।  दुर्घटनामा १४/१५ जना घाइते भएका खबर आएको कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिनुभयो ।

घटनाको विस्तृत जानकारी आउन बाँकी छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!