डिभी परेर अमेरिका गएका एक नेपालीको गोली हानी हत्या !

Posted on: 08 Jan, 2023

पुस २४, काठमाडौँ | अमेरिकामा नेपाली मूलका एक पुरुषको बिहीबार राति गोली हानी हत्या गरिएको छ । अमेरिकाको कोलोराडोस्थित एक कन्भिनियन्स स्टोर संचालक (मालिक) भेषराज लामिछानेलाई गोली हानी हत्या गरिएको हो ।


तनहुँको दमौली घर भइ करिब आठ वर्षदेखि कोलोराडोमा बसोबास गर्दै आएका भेषराजको घटनास्थलमा नै मृत्यु भएको हो । उनी सन् २०१४ मा डिभी परेर अमेरिका पुगेका थिए । 

बिहीबार राति एक बन्दुकधारीले गोली चलाउँदा उनलाई लागेको हो । र, उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

५३ वर्षका लामिछानेमाथि गोली चलाउने अपराधीलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । गोली चलाउने अपराधि २६ वर्षका स्वानाथन डि एन्जेलो रहेको त्यहाँको प्रहरीले जनाएको छ। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!