तीन वर्षमा ३ हजारभन्दा बढी नेपालीले विदेशी भूमिका ज्यान गुमाए

Posted on: 19 Dec, 2022

पुस ४, काठमाडौँ | पछिल्लो तीन वर्षमा ३ हजार भन्दा बढी नेपालीले विदेशी भूमिमा ज्यान गुमाएका छन् । सरकारले सार्वजनिक गरेको ‘श्रम आप्रवासन प्रतिवेदन २०२२’ अनुसार सन् २०१९/०२० देखि २०२१/०२२ सम्ममा ३ हजार १९९ नेपाली युवाहरूले ज्यान गुमाएका हुन् । 

वैदेशिक रोजगारी : १० वर्षमा ७ हजार ४ सय ५५ नेपालीको मृत्यु – Nepal's  Digital Newspaper

त्यसरी ज्यान गुमाउनेमा ३ हजार ११५ जना पुरुष र ८४ जना महिला रहेका छन् । प्रदेशगत रूपमा हेर्दा सबैभन्दा बढी ज्यान गुमाउनेमा मधेस प्रदेशका रहेका छन् । मधेस प्रदेशमा ७५१ जनाले ज्यान गुमाएका छन् । त्यस्तै प्रदेश १ का ७०९ जना, लुम्बिनी प्रदेशका ६७७, गण्डकी प्रदेशका ४७८, बागमती प्रदेशका ४०९ जना, कर्णाली प्रदेशका ११० र सुदूरपश्चिम प्रदेशका ५६ युवाले ज्यान गुमाएका हुन् । 

मृत्युको कारणमा कार्डियाक अरेस्ट, हर्ट अट्याक, प्राकृतिक कारण, सवारी दुर्घटना, आत्महत्या, कोरोना, कार्यक्षेत्रमा मृत्यु लगायतका रहेका छन् । २०२१/०२२ मा कोरोना महामारीका कारण २०७ जना नेपालीले विदेशमा ज्यान गुमाएका छन् । 

त्यस्तै प्राकृतिक कारणबाट २१५ जना र सवारी दुर्घटनाबाट १२९ जनाले ज्यान गुमाएका छन् । मृत्युको कारणमा सबैभन्दा बढी सवारी दुर्घटना र प्राकृतिक मृत्यु देखिएको छ । सन् २००८/०९ देखि २०२१/०२२ सम्मको अवस्था हेर्दा १० हजार ६६६ नेपालीले विदेशी भूमिमा ज्यान गुमाएको देखिन्छ । जसमा १० हजार ४११ पुरुष र २५५ जना महिला रहेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!