चाइना साउदर्नले मंगलबारदेखि ग्वाङझाउ–काठमाडौं नियमित उडान थाल्दै

Posted on: 28 Nov, 2022

मङ्सिर १२, काठमाडौँ । चिनियाँ वायुसेवा कम्पनी चाइना साउदर्नले मंगलबारदेखि ग्वाङझाउ–काठमाडौं–ग्वाङझाउ रुटमा नियमित उडान गर्ने भएको छ ।

कम्पनीले एक वर्षपछि यो रुटमा पुनः उडान सुरु गर्न लागेको हो । काठमाडौंमा अन्तिम पटक यो एयरलाइन्सले मे २०२१ मा काठमाडौं उडान गरेको थियो ।


यो रुटमा सुरुमा ‘प्वाइन्ट टू प्वाइन्ट’ प्यासेन्जर मात्र बोक्ने र तत्काल ट्रान्जिट उडानका यात्रु नबोक्ने कम्पनीले जनाएको छ । काठमाडौंमा दिउँसो १ः२५ बजे अवतरण गर्ने जहाज काठमाडौंबाट भने २ः४० मा उड्नेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!