वैदेशिक रोजगारीमा गएका नेपालीलाई १०% सेयर आरक्षण, आइपीओ भर्न रेमिटेन्स बचत खाता खोल्नुपर्ने

Posted on: 12 Sep, 2022

भदौ २७, काठमाडौँ | आइपीओ निष्काशन गर्दा १०% सेयर श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपालीका लागि छुट्याउनुपर्ने व्यवस्था अब कार्यान्वयनमा आउने भएको छ । धितोपत्र बोर्डले सोमबार धितोपत्र दर्ता तथा निष्काशन (छौठौं संशोधन) नियमावली, २०७९ जारी गर्दै यस्तो व्यवस्था गरेको हो । आइपीओ भर्नका लागि वैदेशिक रोजगारीमा गएका नेपालीले धितोपत्र बोर्डबाट धितोपत्र खरिद र दरखास्त संकलन सम्बन्धी कार्य गर्न अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थामा रेमिटेन्स बचत खाता खोल्नुपर्ने छ ।


अनि, मात्र कामदारले आइपीओ भर्न पाउनेछन् । तर यसरी छुट्याइएको सेयर बिक्री नभएमा भने उक्त सेयर सर्वसाधारणका लागि बिक्री गर्न सकिने नियमावलीमा व्यवस्था गरिएको छ । पुँजी बजारमा लगानी आकर्षित गर्न बोर्डले यस्तो व्यवस्था गरेको हो । यसबाट वैदेशिक रोजगारीमा गएका नेपालीले समेत यहाँ खाता खोल्न र बचत गर्नका लागि उत्प्रेरित गर्न सकिने अनुमान गरिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!