बेलायतमा रहेका चार नेपाली मिडिया सम्मानित

Posted on: 11 Jul, 2022

असार २७, लण्डन | बेलायतमा १० वर्षदेखि सक्रिय चार नेपाली मिडियालाई सम्मान गरिएको छ । विदेशमा रहेर नेपाली भाषाको माध्यमबाट नेपाली समुदायलाई सुसूचित गर्न सक्रिय भूमिका निर्वाह गरेबापत उनीहरूलाई नेपाल पत्रकार महासंघ बेलायतको १०औँ वार्षिकोत्सवको अवसरमा सम्मान गरिएको हो । 

। नेपालब्रिटेड डट कम, एभ्रेष्ट टाइम्स्, नेपाली पत्र र बिएफबिएस गोर्खा रेडियोलाई  सम्मान गरिएको हो ।

समारोहमा बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्य र नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालब्रिटेन डट कम  अनलाइनका संस्थापक अध्यक्ष चिरन्जीवी ढकाल तथा प्रधानसम्पादक चिरन शर्मा लगायतका मिडियाहरुलाई खाँदा र प्रमाणपत्रले सम्मान गरेका हुन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!