रोकिएका नेपाली विद्यार्थी मंगलबारदेखि चीन फर्किन पाउने, पहिलो चरणमा २८१ जना जाने

Posted on: 03 Jul, 2022

असार १९, काठमाडौँ | चीनले कोभिड १९ महामारीपछि फर्किन नपाएका २८१ जना नेपाली विद्यार्थीलाई लैजाने भएको छ।

कोभिड महामारी पूर्णरुपमा नियन्त्रणमा नआएको भन्दै यसअघि चीनले नेपाली विद्यार्थीलाई लैजान मानेको थिएन्। चीन फर्किन नपाउँदा डिग्री पूरा गर्न नपाउने चिन्तामा नेपाली विद्यार्थीहरु थिए। नेपाली विद्यार्थीले चीन जान पाउनुपर्ने भन्दै चिनियाँ दूतावासअगाडि प्रदर्शनसमेत गरेका थिए।

कोभिडपछि रोकिएका नेपाली विद्यार्थी मंगलबारदेखि चीन फर्किन पाउने, पहिलो चरणमा २८१ जना जाने

नेपालको निरन्तरको पहलकदमीपछि चीन नेपाली विद्यार्थी फर्काउन तयार भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जुलाई ५ अर्थात असार २१ गते मंगलबारबाट नेपाली विद्यार्थीहरु चीन फर्किन सुरु हुने बताइन्।  

कुल ८५० विद्यार्थीमध्ये पहिलो चरणमा मंगलबार २८१ जना चीन फर्किने प्रवक्ता लम्सालले जानकारी दिइन्। ‘नेपाली विद्यार्थीहरू दूतावासको सम्पर्कमा छन्। पहिलो चरणमा २८१ विद्यार्थी जानुहुन्छ,’ उनले भनिन्।

बाँकी विद्यार्थीलाई पनि छिट्टै पठाइने प्रवक्ता लम्सालको भनाइ छ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!