चार महिनाभित्रै वैदेशिक रोजगारीमा गएकालाई सेयरमा आरक्षणको कोटा- धितोपत्र बोर्ड अध्यक्ष हमाल

Posted on: 08 Jun, 2022

जेठ २५, काठमाडौं | नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले आगामी चार महिनाभित्र नेपाल स्टक एक्सचेन्जअन्तर्गत साना तथा मझौला कम्पनीहरूका लागि ‘एसएमई प्लेटफर्म’ सञ्चालनमा ल्याउने  दाबी गरेका छन् । 

बोर्डको ३०औं वार्षिकोत्सव समारोहमा बोल्दै हमालले एसएमई प्लेटफर्म निर्माणको समय अवधिकाबारेमा जानकारी गराएका थिए ।

उनले चार महिनाभित्रै वैदेशिक रोजगारीमा गएका नेपालीलाई प्राथमिक सेयरमा आरक्षणको कोटा छुट्याउने व्यवस्थासमेत लागू हुने बताए । सरकारले बोर्डको सुझावअनुसार यो कार्यक्रम आगामी वर्षको बजेटमा पनि घोषणा गरिसकेको छ । 

त्यस  कार्यक्रममा हमालले बजारको स्तर अभिवृद्धि गर्न आगामी चार महिनाभित्र गैरआवासीय नेपालीलाई पनि सेयर बजार लगानी गर्ने उपयुक्त वातावर बनाउने दाबी गरेका छन् ।

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!