शिक्षामन्त्री पौडेल भ्रमणमा बेलायतमा

Posted on: 22 May, 2022

जेठ ८, लण्डन | बेलायतमा आयोजना हुने एक अन्तराष्ट्रिय शिक्षा सम्बन्धी सम्मेलनमा भाग लिन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल लण्डन आइपुगेका छन् ।

१०७ देशका ११२ जना मन्त्रीहरुको सहभागीता रहने सो विश्व सम्मेलनमा सहभागी हुन् शिक्षा मन्त्री पौडेल सहितको टोली शनिबार साँझ लण्डन आइपुगेको हो ।

वर्ल्ड एजुकेशन फोरमको आयोजनामा लण्डनमा ४ दिन सम्म चल्ले सो सम्मेलनमा नेपालको प्रतिनिधिमण्डलले सहभागीता जनाउनेछ ।  

मन्त्री पौडेल सहितको टोली लण्डनस्थित विमानस्थल उत्रिदा बेलायतस्थित नेपाली दूतावासकी प्रवक्ता रोशन खनालले स्वागत गरेकी थिइन् ।

सो सम्मेलनमा शिक्षा मन्त्रालयका सचिव यादव प्रसाद कोइराला, उपसचिव घनश्याम अर्याल समेत सहभागी हुने मन्त्रीका स्वकीय सचिव राजन पौडेलले जानकारी दिए ।

एक साता बेलायतमा रहने मन्त्री पौडेलले बेलायतस्थित नेपाली संघसंस्था तथा नेपाली समुदायसंघ समेत भेटघाट गर्ने बताएको छ ।


 


यस बिषयमा तपाइको प्रतिक्रिया...!