भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणका कार्यक्रमहरू सार्वजनिक

Posted on: 12 May, 2022

वैशाख २९, काठमाडौँ | नेपाल र भारत दुवै देशले एकैपटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको २ जेठमा हुने नेपाल भ्रमण सार्वजनिक गरेका छन्। मोदी हेलिकोप्टरमा भारतीय सीमावर्ती सहरबाट लुम्बिनी आउनेछन्। मोदीको यो पाँचौँ नेपाल भ्रमण हो। 

भारतीय प्रधानमन्त्री मोदीलाई परराष्ट्रमन्त्री डा. नारायण खड्काले हेलिप्याडमा स्वागत गर्नेछन्। प्रधानमन्त्री शेरबहादुर देउवा र मोदीबीच पवन प्यालेस होटेलमा भेटवार्ता हुनेछ। त्यहाँ मोदी इन्टरनेसनल बुद्धिष्ट फोरमको बैठकमा सहभागी हुनेछन्।


मोदीले एक बिघा जमिनमा एक अर्ब ६० करोड रुपैयाँमा निर्माण हुने बौद्ध विहारको शिलान्यास गर्ने कार्यक्रम छ। मोदी र देउवाले  मायादेवी मन्दिरमा दीप प्रज्वलनसहित पूजाआजा गर्नेछन्।

मोदीका तर्फबाट रोपिएको बोधीवृक्षमा पानी हाल्ने कार्यक्रम पनि छ। उनले मायादेवी मन्दिरछेउको रूखमुनि ध्यान गर्नेछन्। अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्रमा करिब दुई हजार सहभागीलाई मोदी र देउवाले सम्बोधन गर्ने कार्यक्रम छ। उनी त्यही दिन अपराह्न भारत फर्किनेछन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!