बहराइनको रमजान बजारमा नेपाली परिकार तथा हस्तकला सामग्री प्रवर्द्धन

Posted on: 05 May, 2022

वैशाख २२, काठमाडौँ | बहराइनस्थित नेपाली राजदूतावासले मुस्लिम धर्मावलम्बीहरूको पर्व रमादान (रमजान)को अवसरमा त्यहाँको रमादान बजारमा नेपाली हस्तकला तथा परिकारहरूको प्रवर्द्धन गरेको छ ।

रमादान बजारमा विभिन्न हस्तकला सामग्री, चिया, पस्मिना सललगायत नेपाली उत्पादन तथा सेलरोटी, अचार, मःम, खाजा सेटलगायत परिकारको प्रवर्द्धन गरेको दूतावासले जनाएको छ ।

बहराइनको सार मलमा रमादानको अवसरमा दक्षिण एसिया संगठनको संयोजकत्वमा सञ्चालित फुड फेस्टिभलमा दूतावासले सहभागिता जनाई नेपाली उत्पादन तथा परिकारहरूको प्रवर्द्धन गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उक्त अवसरमा बहराइनका लागि मलेसिया, थाइल्यान्ड, फिलिपिन्स, इन्डोनेसिया, टर्की, बंगलादेशलगायत देशका राजदूतहरू, अरू नियोगका कूटनीतिक कर्मचारीलगायत व्यक्तिले नेपाली स्टलको रुचिपूर्वक अवलोकन गर्नुका साथै सामानहरू खरिद गरेको बताइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!