साउदी र कतारको नेपाली दुतावास १ देखि ३ मेसम्म बन्द रहने

Posted on: 29 Apr, 2022

वैशाख १६, काठमाडौँ । अन्तराष्ट्रिय श्रमिक दिवस तथा ईद उल फित्रको अवसरमा साउदी र कतारको नेपाली दुतावास १ देखि ३ मेसम्म बन्द रहने ति देशका दुतावासहरुले जानकारी दिएका छन् । 

कतार स्थित नेपाली दुतावासको सूचना अनुसार १ देखि ३ मेसम्म बन्द रहने दुतावास ४ मेदेखि खुल्नेछ । कतार स्थित नेपाली दुतावासले दुतावास बन्द भएको अवस्थामा अत्यावश्यक परेको खण्डमा +९७४-३३६९३२९८ मा व्ह्वाट्सएपमा म्यासेज गर्न अनुरोध गरेको छ । 

त्यस्तै साउदीस्थित दुतावासले  ईद उल फित्रको अवसरमा सम्पूर्ण इश्लाम धर्मावलम्बीहरुमा ईदको शुभकामना दिएको छ । दुतावासको सूचनामा अगाडी उल्लेख छ 'ईद अल-फित्र १४४३ तथा अन्तर्राष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा यही वैशाख १८ गते देखि वैशाख २० गतेसम्म (तदनुसार १, २ र ३ मे २०२२ का दिन) यस राजदूतावास बन्द रहने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।' 


यस बिषयमा तपाइको प्रतिक्रिया...!