वैदेशिक रोजगारका आप्रवासी कामदारहरूको मानव अधिकार संरक्षणका लागि नेपाल र मलेसियाबिच समझदारीपत्रमा हस

Posted on: 30 Mar, 2022

चैत १६, काठमाडौं । नेपाल र मलेसियाका राष्ट्रिय मानव अधिकार संस्थाहरूबीच वैदेशिक रोजगारमा रहेका आप्रवासी कामदारहरूको मानव अधिकार संरक्षणका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । 

सोमबार राष्ट्रिय मानवधिकार आयोग नेपालका अध्यक्ष तपबहादुर मगर र मानव अधिकार आयोग मलेसिया सुहाकामका अध्यक्ष ओथमान बिन हासिमले क्वालालम्पुरमा दुवै देशमा रहेका आप्रवासी कामदारहरूको मानव अधिकार संरक्षणको उद्देश्यसहित ११ बुँदे समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । 

समझदारी आगामी दुई वर्षसम्म कायम रहने राष्ट्रिय मानव अधिकार आयोगले बताएको छ । आप्रवासी कामदारको विषय हेर्ने आयोगका प्रवक्ता डा। टीकाराम पोखरेलले समझदारीपत्र कार्यान्वयनको लागि कार्यान्वयन योजना बनाई दुबै आयोगले सम्पर्क अधिकृत तोकी ६/६ महिनामा समन्वयका लागि बैठक गर्ने व्यवस्था गरिएको जानकारी दिए ।

समझदारीपत्र विशेष गरी आप्रवासी श्रमिकहरूलाई कानूनी सहयोग, अध्यागमन, कारागार र हिरासत कक्षहरूको संयुक्त अनुगमन, उजुरीमा सम्बोधन, उजुरी र सूचना आदान–प्रदान, रोजगारदाताहरूलाई प्रशिक्षण तथा प्राविधिक सहयोग लगायत विषयमा केन्द्रित रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!