एनआरएनएको विवाद सल्टियो, दुई जना अध्यक्ष बन्ने सहमति

Posted on: 22 Mar, 2022

चैत ८, काठमाडौँ । गैरआवासीय नेपाली संघ 'एनरआएनए'को विगत ६ महिनादेखिको विवाद समाधान भएको छ । सहमतिको प्रयाससहित गएराति भएको दुई पक्षीय वार्तामा दुई अध्यक्षात्मक प्रणालीसहित महत्त्वपूर्ण पदहरू थप्ने सहमति सहित विवाद टुङ्ग्याइएको हो । ‘विवाद टुङ्ग्याइएको छ । अब बिधान संसोधन गरेर सहमति अनुसार एनआरएनए अघि बढ्ने बताइएको छ ।

एनआरएनएलाई जोगाउन दुवै पक्षमा छलफलमा बसेर सहमति जुटाइएको भन्दै अब शेष घले पक्षले मार्च २४ र २५ मा गर्ने भनिएको छुट्टै महाधिवेशन रोकिने बताए । यस्तै अदालतमा रहेको मुद्दा पनि फिर्ता लिएर तोकिएकै समय २४ र २५ तारिकको चुनाव र त्यसपछिको महाधिवेशन एकताको महाधिवेशनको रूपमा गरिने बताइएको छ । 

संस्थापनले प्रतिनिधिमा छनोटमा धाँधली गरेको भन्दै कुल आचार्य पक्षले परराष्ट्र मन्त्रालयमा उजुरी गरेपछि एनआरएनएमा विवाद रहँदै आएको थियो । विवादकै कारण गत अक्टोबरमा हुने भनिएको महाधिवेशन स्थगित हुँदै आएको थियो । 

एनआरएनएको गयराती भएको सहमति अनुसार कुल आचार्य र बद्री केसी अध्यक्ष बन्ने बताइएको छ । सहमतिबारे आजै कुल आचार्य र बद्री केसीले एनआरएनएको कार्यालयमा संयुक्त पत्रकार सम्मेलन गर्दैछन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!