अस्ट्रेलिया आएको २ महिना नपुग्दै एक नेपाली विद्यार्थी आफ्नै कोठामा मृत फेला

Posted on: 06 Mar, 2022

फागुन २२, काठमाडौँ । अध्ययनका लागि अस्ट्रेलिया आएको २ महिना नपुग्दै काठमाडौं गल्फुटारका सुजन बस्नेत मृत फेला परेका छन्।

जनवरी १७ मा उच्च शिक्षा अध्यनको लागि नेपालबाट अस्ट्रेलिया आएका सुजनको यो घटनाक्रमले एक पटक फेरि नेपाली समुदायले तरंगित पारिदिएको छ। सुजनलाई अष्ट्रेलिया आउनेबित्तिकै एनआरएन न्यु साउथवेल्सका सल्लाहकार सन्तोष श्रेष्ठले आफैंसँग पन्ध्र दिन राखेका थिए। काम पाएपछि उनी अर्वन सरेका थिए। 

आफैंले एयरपोर्टबाट पिकअप गरेर घरमा राखेको व्यक्तिको यस्तो खबर सुन्नुपर्दा निकै पीडा भएको सन्तोषले बताए।

‘मैले नै उनलाई विमानस्थलबाट ल्याएर घरमा राखेको थिएँ, राम्रो र आकर्षक ब्यक्तित्वका धनी थिए’, उनलेभ भने, ‘केही दिनमा काम पाएपछि उनी मेरो घरबाट अर्वन सरेका थिए। आज यस्तो दुःखद खबर सुन्नुपर्दा निकै पीडा महसुस भएको छ’ ।

मृत अवस्थामा भेटिएपछि प्रहरीले अनुसन्धानको लागि उनको शव लिडकमस्थित शवगृहमा राखेको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!