नेपाली युवतीलाई रसियन बताउँदै भारतमा सेक्स र्‍याकेट !

Posted on: 23 Jan, 2022

एजेन्सी | भारतको भोपालस्थित अरेरा कोलोलीमा रहेको इडन स्पा सेन्टरमा यौन व्यवसाय सञ्चालन गरेको खुलासा भएको छ । स्पाका मालिक गौरव बाधवनीले नेपाल र उत्तरपूर्वी भारतबाट ल्याएका युवतीलाई रसियन बताएर ग्राहक सामु पेश गर्ने गरेका थिए । यसका लागि उनले ग्राहकबाट मोटो रकम असुल्ने गरेको भारतीय मिडियाले जनाएका छन् ।

प्रहरीको अनुसन्धानमा गौरव यसभन्दा अघि कोलारमा रहेको हेभन फ्यामिली सैलुन स्किन केयर स्पा सेन्टरमा म्यानेजरका रुपमा काम गर्थे । त्यहाँपछि उनले भोपालमा स्पा खोलेर यौन व्यवसाय चलाउन सुरु गरेको प्रहरीको भनाइ छ ।

प्रहरीले स्पाबाट ६ युवतीका साथै ४ जना ग्राहकलाई पक्राउ गरेको छ । पक्राउ परेका युवतीमध्ये एक जना नेपालको र दुईजना उत्तरपूर्वी भारतका थिए । बाँकी युवती भोपालकै रहेको बताइएको छ । युवतीहरूको उमेर २२ देखि ३२ वर्षको बीचमा रहेको प्रहरीले जानकारी दिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!