अमेरिकामा पनि हिमानी ट्रष्टको उद्घाटन

Posted on: 20 Jan, 2022

माघ ६, काठमाडौँ | पूर्व युबराज्ञी हिमानी शाहको उपस्थितिमा हिमानी ट्रष्ट युएसएको औपचारिक उद्घाटन भएको छ । 

अमेरिकास्थित डिसी महानगर क्षेत्रको भर्जिनिया राज्यको पर्यटकीय शहर लिजबर्गमा एक समारोहकाबीच हिमानी शाहले बुधवार हिमानी ट्रष्ट युएसएको उद्घाटन गरेकी हुन् ।

पूर्व युबराज्ञी शाहले आफ्नो संस्था र यसको सेरोफेरोमा चर्चा गर्दै संक्षेपमा हिमानी ट्रस्ट(गुठी)ले गर्दै आएका कामहरूबारे बोलेकी थिइन् । 

समारोहमा भर्जिनियाका सिनेटर मार्क वार्नरका प्रतिनिधि,लाउडन काउन्टीका प्रतिनिधिहरु,अमेरिकी विदेश बिभागका पूर्व पदाधिकारी लगायतले हिमानी ट्रष्टको मानवीय कार्यहरूको प्रसंशा गरेका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!