खराब मौसमले आन्तरिक उडान प्रभावित

Posted on: 20 Jan, 2022

माघ ६, काठमाडौँ | बिहानको खराब मौसमका कारण आन्तरिक उडान प्रभावित भएको छ ।

भिजिबिलिटी कम भएकाले काठमाडौं, पोखरा, नेपालगन्ज, सुर्खेत र तुम्लिङटारबाहेक अन्य विमानस्थल बन्द गरिएको छ । आज बिहान खराब मौसमका कारण आफ्नो उडान प्रभावित भएको बुद्ध एयरले जनाएको छ ।

बिहानैदेखि काठमाडौंको आकाश बाक्लो कुहिरोले ढाकेको छ । बिहानैदेखि हल्का वर्षा भएको छ । वर्षा र हिमपातले चिसो अझै बढ्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!