परराष्ट्रमन्त्री खड्का र उपमहासचिव खरेबीच भेट

Posted on: 28 Sep, 2021

असोज १२, काठमाडौं। परराष्ट्रमन्त्री खड्का र उपमहासचिव अतुल खरेबीच भेट भएको छ । संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भागलिने सिलसिलामा न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री डा. नारायण खड्काले आज राष्ट्रसंघीय शान्तिसैन्य परिचालनमा सहयोगीको भूमिका निर्वाह गर्ने जिम्मेवारी पाएका उपमहासचिव अतुल खरेसँग भेटवार्ता गरेका हुन्।

उनीहरूबीच भएको वार्ता विश्वका द्वन्द्वग्रस्त क्षेत्रमा परिचालन हुने शान्ति सेना, विश्व शान्ति स्थापनामा शान्ति सेनामा रहेर नेपाली सेनाले गरेको योगदानका साथै नेपाल र राष्ट्रसंघबीच सुरक्षाको क्षेत्रमा सहयोगलाई सुदृढ पार्नेमा केन्द्रित रहेको न्युयोर्कस्थित संयुक्त राष्ट्रसंका लागि नेपालको स्थायी नियोगले जनाएको छ।

आजै मन्त्री खड्काले बहराइनका आफ्ना समकक्षी अब्दुल लतीफ बिन राशिद अल ज्यानीसँग भेट गरेका छन् । भेटमा उनीहरूले मानव संसाधन, व्यापार, लगानी र पर्यटनको क्षेत्रमा द्विपक्षीय सहयोगबारे छलफल भएको थियो श्रोतले बताएको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!