नेपाल भित्रिँदा कोरोना परीक्षण अनिवार्य, खोप नलगाई आउनेलाई सिमामै व्यबस्था

Posted on: 28 Sep, 2021

असोज १२, काठमाडौं । सडकमार्ग हुँदै नेपाल भित्रिने हरेकको कोरोना परीक्षण गरिने भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सिमा नाका हुँदै नेपाल प्रवेश गर्ने हरेकले अनिवार्य रुपमा कोरोना परीक्षण गर्नु पर्नेछ ।  

चाडपर्वको समयमा भारत तथा चीनबाट सिमानाका हुँदै नेपाल भित्रिनेको कोरोना परीक्षण गरिने मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बताए।

सिमानाकामै खोप

भारतबाट नेपाल आउने सबै व्यक्तिको सीमानाकामै एन्टिजेन्ट टेष्ट गर्ने तथा खोप नलगाई आएकालाई त्यही खोप लगाइदिएर सुरक्षित रूपमा गाउँ पठाउने अभियान चलाएको छ । यसका लागि हामीले खोप छुट्टाइसकेको उनले बताए । पुरानो मौज्दात १५ देखि १७ लाख मात्रा र हालै चीनबाट ल्याएको खोप पनि भएकाले भारतमा खोप नलगाई फर्किएका नेपालीलाई सिमानाकामै खोप लगाएर सुरक्षित भित्र्याउँनेछौं।

यसअघि स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सीमानामै एन्टिजेन्ट टेष्ट गरि भ्याक्सिन नलगाइ नेपाल आउनेहरूलाई सिमामै खोप लगाइदिएर सुरक्षित रुपमा गाउँ पठाउने अभियान शुरु गरिने बताएका छन् । यसका लागि स्थानीय सरकारसँग समन्वय गरी परीक्षणलाई तिव्रता दिएको श्रेष्ठको भनाइ छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!