यूएईले आफ्ना नागरिकहरुलाई नेपालसहित १४ देशमा जान रोक लगायो

Posted on: 02 Jul, 2021

असार १८, काठमाडौँ | कोरोना महामारीको जोखिम देखाउँदै यूएईले आफ्ना देशका नागरिकहरुलाई नेपालसहित बिभिन्न देशमा जान रोक लगाएको छ । यूएईको वैदेशिक मामिला मन्त्रालय तथा राष्ट्रिय आपतकालीन संकट र विपद् व्यवस्थापन प्राधिकरणले यूएईका नागरिकहरुलाई बिभिन्न १४ देशमा जान रोक लगाएको हो ।

युएईले रोक लगाएको देशहरुको सूचीमा नेपाल सहित भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, जाम्बिया, भियतनाम, नामिबिया, कंगो, युगाण्डा, सिरा लियोन, लाइबेरिया, दक्षिण अफ्रिका र नाइजेरिया रहेका छन् ।

Image Source : AP/REPRESENTATIVE

युएईको यो रोकको नियम बुधबारदेखि लगाईएको खलिज टाइमले समाचार लेखेको छ । युएईले आफ्ना नागरिकहरुलाई लगाएको यात्रा प्रतिबन्ध अनिश्चित कालका लागि भनिएको छ । युएईले नागरिकहरुलाई रोक लगाएको भएता पनि यूएईमा रहेका कुटनीतिक नियोगका कर्मचारी, आपतकालीन उपचार गर्नुपर्ने बिरामी, आधिकारिक तथा प्राविधिक प्रतिनिधि र पहिले नै स्वीकृत व्यवसायीहरुलाई भने प्रतिबन्धको प्रभाव पर्ने छैन । 

युएईले प्रतिबन्ध लगाएको देशहरु बाहेक अरु देशमा जानको लागि भने आवश्यक स्वास्थ्य मापदण्ड पालना गरेको र कोरोनाको भ्याक्सिन अनिवार्य लगाएको हुनुपर्ने छ । यूएईले गत बैशाख २९ देखि नेपालसहित विभिन्न देशका नागरिकको यूएई प्रवेशमा समेत रोक लगाएको छ । जसको अवधि जुलाई २१ सम्म तोकिएको छ । युएईले प्रतिबन्ध लगाएको कारण नेपालबाट वैदेशिक रोजगारमा युएई जान चाहेकाहरु प्रभावित बनेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!