साउदीमा कोरोना फैलाउने आप्रवासीलाई देश निकाला गरिने

Posted on: 26 Apr, 2021

वैशाख १३, काठमाडौँ | साउदी अरबले कोरोनाको संक्रमण रोक्न थप कडाई गरेको छ । साउदीमा बढ्दो कोरोना संक्रमणलाई रोक्न बिभिन्न निर्णयहरु भएका छन् । 

साउदी सरकारले तोकेका कोरोना सङ्क्रमण नियन्त्रण सम्बन्धी मापदण्ड उल्लङ्घन गर्नेलाई कडा भन्दा कडा कारबाही गर्ने निर्णय गर्दै आफ्ना देशका नागरिकलाई ५ बर्षसम्मको जिल सजाय र आप्रवासी भए देश निकालासम्मको कारवाही गर्ने निर्णय गरेको छ ।

साउदीबाट प्रकाशन हुने साउदी ग्याजेट पत्रिकाको अनुसार जानाजान कोरोना सङ्क्रमण फैलाउनेलाई पाँच वर्ष जेल र पाँच लाख साउदी रियाल जरिवाना हुनेछ । त्यस्तै कोरोना सङ्क्रमण फैलाउने आप्रवासीलाई भने पुनः साउदी फर्किन नपाउने गरि देश निकालाको सजाय हुनेछ । 

साउदीले आप्रवासी कामदारहरुलाई पनि कोरोनाको खोप निःशुल्क रुपमा उपलब्ध गराउदै आइरहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!