भट्टराईलाई क्यान्सर नभएको चिकित्सकको निष्कर्ष, चाँडै शल्यक्रिया गर्न सुझाव

Posted on: 01 Mar, 2021

फागुन १७, दिल्ली । भारतमा उपचाररत पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका (जसपा) संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको न्युरो-इन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको चिकित्सकको निष्कर्ष रहेको छ । 

बायोप्सी परीक्षणका क्रममा चिकित्सकले क्यान्सर नभको बताउँदै ढिला नगरी सल्यक्रिया गर्न सुझाव दिएको उनका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले जानकारी दिए । बेलैमा शल्यक्रिया नभएमा भने क्यान्सरको खतरा पनि हुनसक्ने कुरामा चिकित्सकले आज भएको परामर्शमा सचेत गराएका छन् ।

अध्यक्ष भट्टराईको फेब्रुअरी २२ बाट भारतको दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा स्वास्थ्य परीक्षण भइरहेको थियो । उनले डा. प्रोफेसर विक्रम भाटियासँग परामर्श लिएका थिए । अध्यक्ष भट्टराई भोलि फागुन १८ गते मंगलबार नेपाल वायुसेवाको जहाजबाट नेपाल फर्कने उनले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!