डा. बाबुराम भट्टराई अस्पताल भर्ना

Posted on: 23 Feb, 2021

फागुन ११, काठमाडौं । उपचार गर्न भारतको नयाँ दिल्ली गएका पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई अस्पताल भर्ना भएका छन् ।

उनी दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा मंगलबार विहान ९ बजे भर्ना भएको भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले जानकारी दिएका छन् ।

आज दिनभर भट्टराईलाई अस्पतालमा राखी आवश्यक सबै परीक्षण गरिने उनले बताए । भट्टराई केही दिनअघि पत्नी हिसिलासहित उपचारका लागि नयाँ दिल्ली गएका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!