अब अमेरिकामा १५ हजार नेपाली थप ९ महिना बस्न पाउने,ट्रम्प प्रशासनले गर्यो यस्तो निर्णय

Posted on: 10 Dec, 2020

मंसिर २५ , काठमाडौं | अब अमेरिकामा रहेका नेपालीहरुले ९ महिना थप अस्याथी बसोबासको अनुमति पाउने भएका छन् | राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले टेम्पोररी प्रोटेक्टेक स्ट्याटस (टीपीएस) कार्यक्रमअन्तर्गत रहेका नेपालीलाई नौ महिना बसोबासको अनुमति थप गर्ने निर्णय गरेको हो |

नेपाल सहित ६ देशका टीपीएस अन्तर्गत रहेका आप्रवासीलाई ९ महिना थप अस्याथी कानुनी बसोबासको अनुमति थप्ने निर्णय गरेको हो | हाल अमेरिकामा टीपीएस कार्यक्रम बन्द गर्ने कि नगर्ने भन्नेबारे अदालतमा मुद्दा चलिरहेको छ | युद्ध वा प्राकृतिक विपत्तिको कारण संकटमा परेका मुलुकका नागरिकलाई अमेरिकामा बसोबासको अनुमति मिल्ने उक्त कार्यक्रम बन्द गर्ने पक्षमा ट्रम्प छन् |

ट्रम्पको उक्त निर्णयसंगै नेपाली सहित एल सल्भाडर, हाइटी, होण्डुरस, निकारागुआ र सुडानका नागरिकहरु थप नौ महिना अमेरिकामा बस्न सक्ने छन् | आगामी जनवरीमा उनीहरुको अमेरिकामा बस्ने म्याद सकिदै छ | हाल अमेरिकामा उक्त कार्यक्रम अन्तर्गत १५ हजार नेपालीहरु बसोबास गरिरहेका छन् | सन् १९९० को दशकदेखि सुरु भएको अमेरिकाको उक्त कार्यक्रम अन्तर्गत तीन लाखभन्दा बढी नागरिकहरु बसोबास गर्दछन |- एजेन्सी 

यस बिषयमा तपाइको प्रतिक्रिया...!