कोरोना भाइरसका कारण साउदी ४ जना सहित ६ नेपालीको मृत्यु

Posted on: 29 Nov, 2020

मंसिर १४, काठमाडौं | कोरोनाभाइरसका कारण एक सातामा विदेशमा रहेका ६ जना नेपालीको मृत्यु भएको छ | यो एक सातामा साउदी अरबमा मात्रै ४ जना, पोर्चुगल र युकेमा एक/एकजना नेपालीको कोरोनाले मृत्यु भएको हो |

योसँगै विदेशमा मृत्यु हुने नेपालीहरुको संख्या २९९ पुगेको गैरआवासीय नेपाली संघ (एनआरएनए)को स्वास्थ्य समितिले जनाएको छ | समितिका अनुसार,हालसम्म विभिन्न १९ मुलुकमा रहेका नेपालीको निधन भएको छ | पछिलो एक सातामा जापान, युके, स्पेन, साइप्रस, रोमानिया, कतार, यूएई र साउदी अरबमा रहेका नेपालीमा कोरोना संक्रमण देखिएको समितिका संयोजक डा. सन्जीव सापकोटाले बताए |

शनिबार साँझसम्मको रिपोर्टअनुसार विभिन्न ४५ मुलुकमा ४७ हजार ५ सय ८३ जना गैरआवासीय नेपाली संक्रमित भएकोमा हालसम्म ४३ हजार ५ सय ७४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!