अमेरिकी सेनामा कार्यरत एक नेपाली युवकको मृत्यु

Posted on: 23 Nov, 2020

मंसिर ८, काठमाडौं | अमेरिकी सेनामा कार्यरत नेपाली एक युवाको ज्यान गएको छ | अमेरिकाको ओक्लाहोमा राज्यस्थित नोबल कन्ट्रीमा नेपाली समयअनुसार शनिबार राति कार दुर्घटनामा परी गोरखाको लखन थापा गाउँपालिका–८ छापथोकका २३ वर्षका सुरेश श्रेष्ठको मृत्यु भएको हो ।

दुर्घटनामा परी टाउको र शरीरको भित्री भागमा चोट लागेका उनको अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको स्थानीय संचारमाध्यमहरुले जनाएका छन् | उनी चढेको कार अवैध पार्किङ गरिएको मालवाहक ट्रकमा ठोक्किएको थियो | 

दुर्घटनापछि करिब २५ मिनेट कारभित्रै थुनिएका उनलाई एम्बुलेन्सबाट सेन्ट म्यारिज रिजनल मेडिकल सेन्टरमा लगिएको समाचारमा उल्लेख गरिएको छ | ५ वर्षअघि अध्ययन गर्न अमेरिका गएका सुरेश तीन वर्षअघि अमेरिकी सेनामा भर्ती भएका उनकाले जनाएका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!