जोर्डनमा नेपाली रेष्टुरेन्टमा आगलागी, ७ जनाको मृत्यु

Posted on: 16 Nov, 2020

मङ्सिर १, काठमाडौं । हङ्कङको जोर्डनमा सन्चालित एक नेपाली रेष्टुरेन्टमा आगलागी हुँदा सात जनाको मृत्यु भएको छ । १३ जना घाइते भएका छन् । घाइतेमध्ये सात जनाको अवस्था गम्भीर छ ।

हङकङका संचारमाध्यमहरुका अनुसार उक्त रेष्टुरेन्टमा आइतबार राति करिब ८ बजेतिर आगलागी भएको थियो । आगलागीमा परेर चार जना पुरुष र तीन जना महिलाको मृत्यु भएको हो । बालबालिकासहितका केही व्यक्तिहरुलाई उद्धार गरिएको छ ।


उक्त रेष्टुरेन्ट नेपालीहरुले लाइसेन्स समेत नलिइकन सन्चालन गरेको पाइएको छ । घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!