इजरायली कृषिमन्त्री र नेपालका राजदूतबीच भेटवार्ता

Posted on: 18 Oct, 2020

कात्तिक २, काठमाडौँ | नेपालबाट इजरायलका लागि नेपालका राजदूत डा. अञ्जन शाक्यले इजरायलको कृषि तथा ग्रामीण विकास मन्त्री एलन शुस्टरसँग भेटवार्ता गरेकी छन् ।

नेपाली दुतावासमा भएको उक्त भेटवार्तामा नेपालको कृषि र पशु विकासको क्षेत्रमा सहयोगका लागि सम्भावित अवसरहरुमा छलफल गरेका छन् । भेटका क्रममा राजदुत शाक्यले नेपालमा कृषि केन्द्र स्थापना गर्न र नेपाली किसानहरुलाई इजरायली कृषि टेक्नोलोजी सिकाउन इजरायलले सहायोग गर्न मन्त्रीलाई अनुरोध गरिन् । उक्त अनुरोधमा मन्त्री शुस्टरले यस सम्बन्धमा सहयोग गर्न इच्छुक रहेको बताएका छन् ।


उक्त भेटका क्रममा नेपालका लागि इजरायलका नवनिर्वाचित राजदूत हनान गोडर, कृषि मन्त्रालयका उप महानिर्देशक याकोव पोलेग र CINADCO का निर्देशक डानियल वर्नर पनि उपस्थित थिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!