बाहिर जिल्लाबाट गाउँ फर्कनेले १४ दिन क्वारेन्टिनमा बस्नु पर्ने

Posted on: 16 Oct, 2020

असोज ३०, गोरखा । गोरखाको गण्डकी गाउँपालिकामा जिल्ला बाहिरबाट आएकाहरु १४ दिन क्वारेनिटनमा बस्नुपर्ने भएको छ । चाडवाड नजिकिदैँ गर्दा मानिसहरुको आवागमन बढ्ने र जिल्ला बाहिर भएकाहरु घर फर्कदाँ कोरोना भाइरस(कोभिड–१९) को संक्रमण फैलन सक्ने अवस्थालाई मध्यनजर गर्दै गाउँपालिकाले १४ दिन होम क्वारेन्टिनमा बस्न आग्रह गरिको हो ।

आज प्रेस नोट जारी गर्दै गउँपालिकाले संक्रमण बढीरहेको बेला जहाँ छ त्याही बसेर दशैँ मनाउन पनि अनुरोध गरेको छ । अति आवस्यक काम बाहेक अन्य समयामा बाहिर हिँडडुल नगर्न र होम क्वारेन्टिनमा रहदाँ स्वास्थ्य समस्या आएमा गाउँपालिका अध्यक्ष, स्वास्थ्य शाखा संयोजक वडाध्यक्ष लगायत जनप्रतिनिधिहरुलाई सम्पर्क गर्न समेत अनुरोध गरिएको छ ।

साथै गाउँपालिकाले चाड पर्व मनाउदाँ पारिवारिक रुपमा आफ्नो घरमा सिमित रही सुरक्षित तवरले मनाउन र खेलकुद जात्रा मेला लगायत कुनै पनि किसमिका धार्मिक, सांस्कृतिक तथा राजनैतिक कार्यक्रमहरु आयोजना नगर्न समेत अनुरोध गरेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!