आजदेखि विदेशबाट चौथो चरणको उद्दार उडान सुरु, आजै ९ उडान

Posted on: 31 Jul, 2020

साउन १६, काठमाण्डौ | विदेशमा समस्यामा परेका नेपालीहरुलाई स्वदेश फिर्ता ल्याउन चौथो चरणको उद्धार उडान आजदेखि सुरु हुँदैछ । 

चौथो चरण उद्धार उडान आजबाट सुरु भएर अगस्ट ८ सम्म अर्थात साउन २४ गतेसम्मका लागि तय भएको छ । आज शुक्रबार नै विभिन्न देशबाट ९ उडानमार्फत नेपाली स्वदेश फर्कंदै छन् । 

आज मलेसियाबाट मलिण्डो एअरले त्यहाँ समस्यामा रहेका नेपाली लिएर आउने छ भने आजै कुवेतबाट चार उडानमार्फत नेपालीहरु स्वदेश आउंदैछन् । 


आज कुवेतबाट हिमालय एअरको दुई उडान र जजिरा एअरका दुई उडान नेपालका लागि हुँदैछन् । 

त्यस्तै यूएईको दुबईबाट फ्लाई दुबईको एक उडानमार्फत आज नेपालीहरु स्वदेश आउँदैछन् । 

कोरोना महामारीपछि उडान बन्द हुँदा समस्यामा परेका विभिन्न २९ देशबाट ३५ हजार ८०४ जना हवाइमार्गमार्फत स्वदेश फर्किएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!