कोरोनाका कारण लगाएको प्रतिबन्ध फुकुवा गर्दै कतार, अब के-के खुल्नेछन् ?

Posted on: 27 Jul, 2020

योगेन्द्र योगी | साउन १२, दोहा | कतारले कोरोना भाइरसका कारण लगाएको प्रतिबन्ध क्रमस रुपमा फुकुवा गर्दै लैजाने भएको छ । कतारले चौथो चरणमा मुलुकलाई सामान्य तर्फ लैजाने अन्तर्गत जुलाई २८ देखि तेश्रो  चरण सुरु हुने सरुवा रोग विभागका प्रमुख डाक्टर अब्दुल्लातिफ अल खलले पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन् । 

उनका अनुसार कतार ठूलो संख्यामा कोरोना परीक्षण गर्ने  देशहरूमध्ये एक भएको र जसको कारण धेरै घटनाहरूको प्रारम्भिक पहिचानमा सहयोग पुगेको पत्रकार सम्मेलन बताए । 

तेश्रो चरण सुरु भएपछि प्रथामिकताको आधारमा आप्रबासी कामदारहरुले कतार प्रवेश पाउने छन् भने कतार आउनेहरुले एक हप्ता अनिबार्य रुपमा क्वारेन्टाइनमा बस्नु पर्ने जनाएको छ । 

ड्राइभिङ् स्कुल खुल्ने छन्, होलसेल पसलहरु ३० प्रतिसत खोल्ने पाउने छन् भने सुपर मार्केटहरु ५० प्रतिसत खोल्ने पाउने समेत जनाएको छ । होटलहरु पनि ५० प्रतिसत खोल्न पाउने छन् । हरेक दुई मिटरको दुरीमा टेबल राख्नु पर्ने तथा एउटा टेबलमा ४ जना मात्र बस्न पाउने छन् । 

बिशेष सावधानी अपनाएर ८० प्रतिसत कामदारले काम गर्न पाउने छन् । निजी मेडिकलहरु ८० प्रतिसत क्षमता राखेर खोल्न पाउने छन् भने बिना दर्शक खेलकुद प्रतियोगिता गर्न पाउने छन् । 

कतार प्रवेश गरिसकेपछि अनिबार्य रुपमा एह्तराज एप प्रयोग गर्नु पर्ने छ भने स्थिति सामान्य बन्दै गए सेप्टेम्बर १ देखि सबै प्रतिबन्ध हटाउने तयारी गरेको छ । कतारमा करिव ३ लाख ५० हजार नेपाली कार्यरत रहेका छन् । जसमध्ये करिव ८० प्रतिशत नेपाली निर्माणको क्षेत्रमा काम गर्दे आएका छन् ।   

हालसम्म कतारमा कोरोना संक्रमितको संख्या १ लाख ९ हजार ३ सय ५ जना पुगेको छ । उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या १ लाख ६ हजार २४ जना पुगेको छ भने हालसम्म कोरोनाको कारण १६५ जनाले मृत्यु भएको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!