एनआरएनए कतारद्वारा समस्यामा परेका नेपालीलाई हवाई टिकट सहयोग

Posted on: 22 Jul, 2020

योगेन्द्र योगी | साउन ७, दोहा | एनआरएनए कतारले कोरोना भाइरसका कारणले कतारमा रोजगारी गुमाएर अलपत्र परि नेपाल फर्कन हवाईभाडा जुटाउन नसकेका ४ जना नेपालीलाई हवाई टिकट सहयोग गरेको छ । 

हवाई टिकट खरिद गर्न नसक्ने पीडित नेपाली श्रमिकहरुका लागि कतारस्थित नेपाली दूतावासको संरक्षकत्व र सहयोगमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार र नेपाली  ब्यावसायी संघ कतारद्वारा पहिलो चरणमा ५५ जनाका लागि हवाई टिकट उपलब्ध गराउने निणर्य अनुसार ४ जनालाई टिकट सहयोग गरिएको एनआरएनए कतारका प्रवक्ता सन्तोष क्षेत्री जानकारी दिएका छन् ।  

उनका अनुसार दुबै मिर्गौला फेलभई लामो समय देखि कतारको हस्पिटलमा उपचाररत कपिलवस्तुका अब्दुल मुगिस मु र दार्चुलाका कमान सिंङ महर तथा लामो समय देखि एनसीसीको सेल्टरमा रहेका संखुवासभाका साल बाहदुर कार्की र सप्तरीका रामप्रीत ठाकुरलाई हवाई टिकट उपलब्ध गराई नेपाल पठाईएको प्रवक्ता  क्षेत्री बताए ।

कोरोना भाइरसको महामारीबाट रोजगारी गुमाएर पैसाकै कारण स्वदेश फर्किन नसकेका तथा गम्भिर स्वास्थ्य समस्या भएकाहरुलाई पहिलो चरणमा स्वदेश फर्काउनको लागि हवाई टिकट उपलब्ध गराइने उनले बताए ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!