कतार कोरोनालाई जित्दै सुधार उन्मुख तर्फ

Posted on: 20 Jul, 2020

योगेन्द्र योगी | साउन ५, दोहा | कतारमा कोरोना संक्रमण न्यून हुँदै गएको छ । आइतबार ३४०  नयाँ केस थपिएसँगै संक्रमितको संख्या १ लाख ६ हजार ६ सय ४८ पुगेको छ ।

आइतबार ३५४ जनाले उपचारपछि निको भएर घर फर्किएका छन् भने योसँगै निको हुनेको संख्या १ लाख ३ हजार ३ सय ७७ पुगेको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म कोरोनाको कारण १५७ जनाले मृत्यु भएको छ । 

कतारले सुरुवाती दिनदेखि नै संक्रमितको राष्ट्रियतबारे खुलाएको छैन् । कतारमा के कति नेपाली कामदार कोरोनाबाट संक्रमित भन्ने कतारस्थित नेपाली दूतावाससंग पनि तथ्याङक छैन । 

कोरोनाबाट संक्रमित धेरै नेपालीहरु अहिले निको भएर काममा फर्किसकेका छन् । कोरोनाकै कारण कतारमा पाँच जना नेपालीको मृत्यु भएको बताईएको छ । 

कोरोना भाइरसबाट बच्न सबैलाई सावधानिको उपायहरु अपनाउन तथा अनिवार्य रुपमा माक्सको प्रयोग गर्नु पर्ने छ । सबैले अनिवार्य रुपमा एथेराज एप प्रयोग गर्नु पर्ने जनाएको छ । कतारले स्थिति सामान्य बन्दै गए चौथो चरण अर्थात्  सेप्टेम्बर १ देखि सबै प्रतिबन्ध हटाउने तयारी गरेको छ ।   

यस बिषयमा तपाइको प्रतिक्रिया...!