कतारबाट १ हजार ४ सय नेपाली स्वदेश फर्किए

Posted on: 04 Jul, 2020

योगेन्द्र योगी | असार २०, दोहा | कोरोना भाइरस (कोभिड-१९) को महामारीका कारण विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने क्रममा हालसम्म पहिलो चरणको आठौं पटकसम्म आइपुग्दा १ हजार ४ सय ७७ पुगेको कतारस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार हालसम्म  ३४ वटा शव पनि नेपाल पठाइए सकिएको जनाएको छ । यस्तै दूतावासका अनुसार कतारबाट स्वदेश फर्कने नेपालीले अनिवार्य रुपमा एह्तेरज एप प्रयोमा ल्याउनु पर्ने जनाएको छ । 

यो एप नचलाएका व्यक्तिले यात्रा गर्न नपाउने भएकाले यो एप आफ्नो मोबाइलमा डाउनलोड गरी मोबाइला र कतारी आइडी नम्बर हालेर संचालन ल्याउन सकिने दूतावास जनाएको छ ।

कतारबाट नेपालीको स्वदेश फिर्तीका लागि आज नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले एक एक वटा उडान भर्ने दूतावासले जनाएको छ । 


यस्तै कतारमा हालसम्म कोरोनाबाट सङ्क्रमित हुनेको सङ्ख्या ९८ हजार ६ सय ५३ जना पुगेको छ । हालसम्म ८८ हजार ५ सय ८३ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १ सय २१ जना रहेका छन् । 

कतारले कोरोना भाइरसका कारण लगाएको प्रतिबन्ध स्थिति सामान्य बन्दै गएको खण्डमा सेप्टेम्बर १ देखि मुलुकलाई सामान्य स्थितिमा फर्काउने तयारी गरेको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!