बुरुन्डीका राष्ट्रपति कुरुन्जिजाको ५५ वर्षको उमेरमा निधन

Posted on: 10 Jun, 2020

जेठ २८, काठमाडौं। एजेन्सी । अफ्रिकी राष्ट्र बुरुन्डीका राष्ट्रपति पियरा कुरुन्जिजाको ५५ वर्षको उमेरमा निधन भएको छ । हृदयघातका कारण राष्ट्रपति कुरुन्जिजाको सोमबार निधन भएको जनाइएको छ । 

स्वास्थ्यमा समस्या देखिएपछि शनिबार अस्पताल भर्ना भएका उनको सुरुमा स्वास्थ्यमा सुधार देखिएको थियो । तर सोमबार हृदयघात भएपछि उनको निधन भएको हो । बुरुन्डी सरकारले उनलाई बचाउन गरिएका सबै प्रयास असफल भएको जनाएको छ । 


कतिपयले उनको मृत्यु कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न स्वास्थ्य समस्याले गर्दा भएको हुन सक्ने आशंका गरेका छन् । तर आधिकारीहरुले कोरोनाका कारण उनको मृत्यु भएको कुरा अस्वीकार गरेका छन् । १५ वर्षदेखि बुरुन्डीको सत्तामा रहेका उनको अगस्टमा पदावधि सकिदै थियो । सन् २०१५ मा उनले तेस्रो कार्याकालका लागि चुनाव लड्ने घोषणा गरेपछि बुरुण्डीमा राजनीतिक विवाद सिर्जना हुनुका साथै असफल ‘कू’ को प्रयास भएको थियो ।

विवाद हिंसात्मक बन्दा सयौंको मृत्यु भएको थियो भने हजारौंले देश छाड्नुपरेको थियो । 

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!