कुवेतबाट १६८ जना नेपाली कामदार लिएर उडान भर्दै जजिरा एयर

Posted on: 10 Jun, 2020

योगेन्द्र योगी | जेठ २८, दोहा | कुवेतमा आममाफी पाएर सेल्टरमा बसेका नेपाली कामदारलाई आजबाट स्वदेश फर्काउने भएको छ । पहिलो चरणमा आममाफी पाएकाहरुलाई उद्दार गरिने छ भने  जजिरा एयरको एक वटा फ्लाइटबाट स्वदेश फर्काउने क्रम शुरु हुने कुवेतस्थित नेपाली दूताबासले जनाएको छ । 

पहिलो उडान भर्दै जजिरा एयरले आममाफीमा सहभागी कुवेतको सेल्टरमा अलपत्र अवस्थामा रहेका नेपाली महिलाहरु कुवेतको समय अनुसार बिहान ७ बजे जजिरा एयरवेज मार्फद नेपाल प्रथान गर्ने छन् । 

पहिलो उडानमा बच्चाको आमाहरु भएको शेल्टर आर्दिया १६८ जना लिएर उडान हुनेछ । शेल्टरबाट कुवेत पुलिसको गाडिमा सिधै प्लेनभित्र प्रवेश गर्नेगरी कुवेतबाट पहिलो उडान हुनेछ। त्यसपछी जजिरा एयरवेजले आफ्नो समय तालिका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, कुवेत सरकार र नेपाली दूतावास कुवेतलाइ जानकारी गराउँदै आवस्यक दैनिक उडान भर्ने जनाएको छ ।  

आममाफीमा सहभागी भएका र घरफिर्ती केन्द्रमा रहेका केही गरी २ हजार ९९१ जनाको सूची परराष्ट्रलाई बुझाएको दूतावासले जनाएको छ । यसरी फर्काइने नेपालीहरुको निसुल्क रुपमा स्वास्थ परिक्षण हुने छ भने उडानको पनि निसुल्क व्यवस्था गरिएको कुवेत सरकारले जनाएको छ । 

उनीहरु यतिबेला कुवेत सरकारले निर्माण गरेको सेल्टरमा बसिरहेका छन् । कुवेतले नै खाद्यान्न लगायतको व्यवस्था गरिरहेको छ । नेपालले अनुमति दिएमा कुवेत यसअघि नै पनि आममाफीमा सहभागीलाई पठाई दिने भनेको थियो । विविध कारणले घर फर्कनै पर्ने करिव ४ हजार नेपालीहरुले दूतावासमा फारम भरेको दूताबास स्रोतले जनाएको छ । 

अवैधानिक हैसियतमा रहेका उनीहरुलाई कुवेत सरकारले  गतअप्रिल २६ देखि ३० सम्म स्वदेश फर्किनसक्ने सूचनाजारी गरेपछि आफुहरुले गर्दै आएको काम र क्याम्प छोडेर स्वदेश फर्किने प्रकृयामा सहभागी भएको उनले बताए ।

कोरोना भाइरस संक्रमण बढ्दै गएपछि अवैध आप्रवासी कामदारलाई स्वदेश फर्काउन कुवेत सरकारले जरिवानासमेत मिनाहा गरी आममाफी दिएको हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!