कतारले चार चरणमा प्रतिबन्ध हटाउने, अगष्ट १ देखि कतार आउन पाइने

Posted on: 09 Jun, 2020

योगेन्द्र योगी | जेठ २७, दोहा | कोरोना भाइरसको जोखिम कम गर्न कतारले विभिन्न क्षेत्रमा लगाउदै आएको प्रतिबन्ध चार चरणमा तीन महिना भित्र क्रमिक रुपमा हटाउने भएको छ । 

बिशेष सावधानी अपनाउदै सेप्टेम्बरसम्म मुलुकलाई सामान्य तर्फ लैजाने विपत ब्यबस्थापन समितिकी प्रवक्ता लोल्वाह बिन्त रशिद अल खतेरले पत्रकार सम्मेलन मार्फद जानकारी दिएकी छिन् । 

पहिलो चरणमा जुन १५ देखि केहि मस्जिदहरु, केहि सपिङ्ग सेन्टरहरु केहि पार्कहरु, केही निजी स्वास्थ्य सस्थाहरु लगायत खोलिने छ । २० प्रतिसत कामदारहरूले सबै सावधानीका आवश्यकताहरूका साथ काम शुरू गर्ने छन् । 

कतार बाहिरको यात्रामा अत्यन्त जरुरी भएमा र जो कोही दोहा फर्किएमा उनीहरूले व्यक्तिगत खर्चमा १४ दिनसम्म होटल क्वारेन्टाइनमा बस्नु पर्ने छ ।

दोश्रो चरण जुलाई १ देखि सीमित घण्टाको लागि महलहरू खोलिने छ भने सीमित क्षमता र विशिष्ट घण्टाको लागि बजारहरू खुल्दै जाने छन् । कम क्षमताको साथ सिमित रेस्टुरेन्टहरू खोलिने छन् भने सीमित क्षमता र विशिष्ट घण्टाको लागि संग्रहालय र पुस्तकालयहरू खोलिने छ ।

तेश्रो चरण अगष्ट १ देखि बिमानस्थल, किनमेल गर्ने सम्पूर्ण मार्केटहरु, स्वास्थ्य क्लब, फिटनेस हल, पौंडी पोखरी, सैलुन र मसाज केन्द्रहरू खोलिने छ भने कोराना भाइरस कम भएका देशहरुबाट छुट्टी रहेका कामदारहरु कतार फर्किन पाउने छन् भने आएपछि १४ दिनसम्म अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नुपर्ने छ ।


यी प्रतिबन्ध हटेपनि अनिवार्य रुपमा माक्स लगाउनु पर्ने छ भने सामाजिक दुरी पनि कायम गर्नु पर्ने छ । चौथो चरणमा स्थिति सामान्य बन्दै गएपछि सेप्टेम्बर १ देखि सबै प्रतिबन्ध हटाइने प्रवक्ता अल खतेरले बताइन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!