न्यूजिल्याण्डमा कोरोना भाइरसका सक्रिय संक्रमित शुन्य, यसरी भयो शुन्य, पढ्नुहोस्

Posted on: 08 Jun, 2020

जेठ २६, काठमाडौं। एजेन्सी। न्यूजिल्याण्डमा कुनैबेला १५ सय ४ कोरोना भाइरसका संक्रमित थिए तर अब त्यहाँ कोरोनाका एकजना पनि सक्रिय संक्रमित छैनन् । न्यूजिल्याण्डले कोरोनालाई हराएको बताइन्छ ।

अब प्रश्न यो उठ्छ कि न्यूजिल्याण्डले आखिर कसरी यस्तो गर्यो ? यसको पहिलो कारण त देशमा तीब्र र व्यापक रुपमा लकडाउन लागू गरिएको थियो । देशले मार्च १९ देखि सीमा बन्द गरेको थियो, त्यतिबेला देशमा ३० जना मात्रै संक्रमित देखिएका थिए ।

त्यसको एक दिनपछि हाई अलर्ट घोषित गर्दै देशमा कडा लकडाउनको घोषणा गरियो । पाँच हप्ताको कडा लकडाउन पछि पहिलो पटक खानेकुराका पसल र व्यापारिक प्रतिष्ठान खोल्ने अनुमति दिइएको थियो ।

त्यसपछि अप्रिलको अन्त्यमा संक्रमण लगभग शून्य भयो र देश प्रतिबन्ध हटाउन सक्षम रह्यो ।भाइरस यो देशबाट बाहिरिएको जस्तो देखिन्छ तर प्रधानमन्त्री जसिन्डा अर्डर्नले सीमा तत्कालका बन्द रहने बताएकी छिन् । स्रोतः बीबीसी


यस बिषयमा तपाइको प्रतिक्रिया...!