श्रम मन्त्रालयद्वारा काउन्सेलर श्रम र सहचारीहरुको छनौट, कुन देशमा को ? (नामावली सहित)

Posted on: 02 Jun, 2020

जेठ २०, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले काउन्सेलर श्रम र श्रम सहचारीहरुको छनोट गरेको छ । मन्त्रालयले दक्षिण कोरीया, कतार र मलेसियाका लागि काउन्सेलर श्रम र यूएई ओमान, मलेसिया, कुवेत र साउदी अरबका लागि श्रम सहचारी छनोट गरेको हो ।

काउन्सेलर श्रमतर्फ दक्षिण कोरियाका लागि रमा भट्टराई निरौला, कतारका लागि कृष्ण प्रसाद खनाल र मलेसियाका लागि दीपक ढकाल छनोट भएका छन् । भट्टराई हाल मन्त्रालयको सामाजिक सुरक्षा कोष बबरमहल, खनाल वैदेशिक रोजगार विभाग र ढकाल मन्त्रालयमा कार्यरत रहेका छन् । उनीहरु सबै उपसचिव हुन् । त्यस्तै मन्त्रालयले उपसचिव कविन्द्र नेपाललाई प्रतिक्षा सूचीमा राखेको छ । 

त्यस्तै श्रम सहचारीमा शाखा अधिकृतहरु प्रमिला केसी यूएई, दिनेश ढकाल ओमान, प्रकाश पन्थी मलेसिया, विपना ज्ञवाली कुवेत, प्रेम उपाध्याय साउदी अरबका लागि छनोट भएका छन् । श्रम सहचारीको प्रतिक्षा सूचीमा वैदेशिक रोजगार विभाग बुद्धनगरका शाखा अधिकृत बाबुराम घिमिरे र मन्त्रालयका शाखा अधिकृत हेम कुमार अधिकारी रहेको मन्त्रालयका उपसचिव देवेन्द्र कार्कीद्वारा जारी सूचनामा उल्लेख छ । 

मन्त्रालयले गत मंसिर २६ गतेको सूचना र काउन्सेलर (श्रम) तथा श्रम सहचारी छनोट तथा नियुक्त सम्वन्धी कार्यविधि तथा मापदण्ड २०७३ मन्त्रीस्तरीय निर्णयबाट उक्त छनोट भएको जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!