आप्रबासी श्रमिकद्वारा कतारमा बिरोध प्रदर्शन

Posted on: 23 May, 2020

जेठ १०, दोहा (रासस/एएफपी) | विरलै विरोधका आन्दोलनहरू हुने खाडी मुलुक कतारको राजधानी दोहास्थित एक जिल्लामा आप्रवासी श्रमिकहरूले आफ्नो ज्याला नपाएको भन्दै विरोध गरेका यहाँको सरकारी श्रोतले शनिबार बताएको छ । 

सामाजिक सञ्जालमा भाइरल बनेका तस्वीरमा करिब १०० भन्दा बढी व्यक्तिहरू राजधानी दोहाको महेरेब जिल्लामा मुख्य सडक अवरुद्ध गर्दै ताली बजाउँदै ज्याला पाउनुपर्ने मागसहित शुक्रबार विरोधमा सडकमा उत्रिएको देखाइएको छ भने प्रहरीहरूले उनीहरूलाई हेरिरहेको देखिएको छ ।

आफूहरूले पकाएको तलब दिन ढिलो र आनाकानी गरेको भन्दै केही प्रवासी कामदारले मे २२ मा मशिरेब क्षेत्रमा शान्तिपूर्ण प्रदर्शन गरेका श्रम मन्त्रालयले शनिबार जारी एक विज्ञप्तिमा पुष्टि गरिएको छ । 

विज्ञप्तिमा भनिएको छ, “मन्त्रालयले समस्याबारे तत्काल समस्याबारे छलफल गरेको र आउँदो दिनमा सबै तलब तुरुन्त भुक्तान हुने सुनिश्चित गर्न कदम चालेको छ ।” 

कोरोनाभाइरसको महामारीका कारण कतिपय उद्योग तथा कलकारखाना तथा व्यवसायिक काम रोकिएको र कामदारलाई तलब दिनमा कठिनाई परेको भन्दै श्रमिकको पाउनुपर्ने ज्याला दिन ढिलाई गरेको हुनसक्ने मन्त्रालयले बताएको छ ।

तलब भुक्तान नगरेका कम्पनीहरूबिरूद्ध कानुनी कारबाही गर्न निर्देशन जारी गरिसकिएको मन्त्रालयले जानकारी गराएको छ ।

पेट्रोलियम पदार्थ तथा प्राकृतिक इन्धनका लागि समृद्ध खाडीमा लाखौं विदेशीहरू प्रायः भारत, पाकिस्तान, नेपाल र श्रीलंकाबाट श्रमका लागि अत्यधिक श्रमिक आउने गरेका छन् । 

उनीहरूमध्ये धेरै यस इलाकाका रमाईला गगनचुम्बी भवनहरू र मलहरूदेखि टाढा रहेका शिविरहरूमा बसी शहरमा काम गर्ने र श्रम र पसिनाबापतको पैसाले स्वदेशमा आफ्ना परिवारको खर्चमा सहयोग गर्ने गर्दछन् ।

सन् २०२२ को विश्वकप अगाडि देशले दर्जनौं ठूला आयोजनाहरू पूरा गरिसक्ने उद्देश्यका साथ कतारले देशको जनसङ्ख्याको झन्डै ९० प्रतिशत प्रवासी कामदारलाई भित्राएको छ भने अधिकांश आयोजनाहरू अन्तिम चरणमा रहेका छन् ।

तर कोरोनाभाइरस र यसको विनाशकारी आर्थिक प्रभावले धेरै कामदारहरूलाई प्रभावित पारेको छ र अरूलाई बेरोजगार, ज्यालाहीन र कहिलेकाहिँ बेइमान रोजगारदाताहरूको दयामा रहनुपर्ने बाध्यता रहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!