कलंकीको अण्डरपासमा टिपरको ठक्करबाट २ जनाको ज्यान गयो

Posted on: 06 Feb, 2020

माघ २३, काठमाडौं । कलंकीमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको ज्यान गएको छ ।

कलंकीको अण्डरपासमा बुधबार राति पौने १ बजे बल्खुबाट कलंकीतर्फ आइरहेको टिपरले सोही दिशातर्फ जाँदै गरेको प्रदेश २ ०३००४ प ५५० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार दुबैजनाको मृत्यु भएको हो  ।

मृत्यु हुनेमा रौतहटका हटहरिया गाउँपालिका–४ का १९ वर्षका राकेशकुमार चौधरी र कटहरिया– ७ का २४ वर्षका मुन्ना चौधरी रहेका छन् । 

टिपरको ठक्करबाट गम्भीर घाइते भएका दुबैको उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको महाशाखाले जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!