कोरोना भाइरस:चिनबाट नेपाल फर्कनका लागि फारम भर्न दुतावासको आग्रह

Posted on: 02 Feb, 2020

माघ १९, काठमाडौं | चिनमा देखा परेको कोरोना भाइरस अहिले संसारभरी फैलिएको छ | चिनमा रहेका आफ्ना नागरिकलाई अरु देशले स्वेश फिर्ता गरिसकेका छन् | कोरोना भाइरसको सङ्क्रमणबाट सबैभन्दा बढी महामारी फैलिएको क्षेत्र चीनको हुवेइ प्रान्तमा रहेका नेपालीको उद्धार सरकारले गर्ने भएको छ |

चिनको बेइजिङस्थित नेपाली राजदूतावासले विज्ञप्ति जारि गर्दै नेपाल फर्कन चाहनेलाई फाराम भर्न आग्रह गरेको हो | हुवेइको बुहानबाट कोरोना भाइरसको सङ्क्रमण शुरु भएको हुँदा हुवेइमा रहेका सबै नेपाली नागरिकलाई विच्याटमार्फत सूचना दिइसकेको दूतावासले जनाएको छ |

विज्ञप्तिमा भनिएको छ,“नेपालीलाई ल्याउन जहाज चार्टर्ड गर्नका लागि काम भइरहेको र निश्चित हुनासाथ सोसम्बन्धी विवरण तत्काल उपलब्ध गराइने छ |" दुतावासका अनुसार दूतावासले आफ्नो वेबसाइटमा एउटा फाराम राखिएको छ,फर्कन चाहनेले अनिवार्यरुपमा सो फाराम भर्नुपर्ने छ | नाबालकबाहेक प्रत्येक राहदानीवालाले भिन्दाभिन्दै फाराम भर्नुपर्ने, र तोकिएको समयमा सम्बन्धित स्थानमा आइपुगिसक्नुपर्ने दूतावासले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!