अमेरिकामा पहिलो दक्षिण पूर्व एसियन रिपब्लिकन कल्बको स्थापना

Posted on: 27 Nov, 2019

विजय थापा, मङ्सिर ११, डिसी । अमेरिकाको टेक्सस राज्यमा पहिलो पटक दक्षिण पूर्व एसियन रिपब्लिकन कल्बको स्थापना भएको छ । जस्को नेतृत्व टेक्सस ड्यालस बस्दै आएका समाज सेवी तथा व्यवसायी देवी डेविड आचार्य अध्यक्ष पदमा निर्वाचित भएका छन् ।

उक्त क्लव ( अड्डा) को गठन औपचारिक रुपमा गत नोभेम्बर २३ का दिन भएको हो । अमेरिकामा बसोबास गर्दै आएका दक्षिण पूर्व एसियनहरुको प्रयासबाट उक्त क्लब (अड्डा ) स्थापना सम्भव भएको हो ।


क्लबको मुख्य उद्धेश्य भनेको अमेरिकन नागरिक जस्ले अमेरिकी रिपब्लिकन दलका सिद्धान्त प्रति विश्वास गर्ने र जस्ले रुढिवादी मुल्यलाई समर्थन गर्ने जनाएका छन् । यसको साथै रिपब्लिकन पार्टी (दल) का उम्मेदवार भएमा यसका सदस्यहरु एक ढिक्का भई निर्वाचनमा आफ्ना दलका उम्मेदवारलाई जिताउनु र संलग्नता रहनु समेत जनाएको छ ।

मुलधारको राजनीतिमा प्रवेश गर्ने हेतुले अमेरिकामा बसेर यही मूलको नागरिक भएको कारण हाम्रो दायित्वलाई शिरोधार्य गरेर क्लबको स्थापना भएको नवनिर्वाचित अध्यक्ष देवी डेविड आचार्यले जनाएका छन् ।


आचार्यले भबिश्यमा यसको बिस्तार अमेरिकाका विभिन्न राज्यहरुमा गरिने समेत जानकारी गराएका छन् । हाललाई उक्त क्लबमा अध्यक्षमा देवी डेविड आचार्य, उपाध्यक्षमा बब भण्डारी ,महा सचिवमा कमल शर्मा र संचालक समिति सदस्यको सभापतिमा शंकेश सुबेदी तथा जनसम्पर्क समितिको सभापतिमा होङ्ग वोङ्ग निर्वाचित भएका छन् । उक्त क्लब(अड्डा) गठन हुँदा रिपब्लिकन दलका बिधायक ,न्यायाधिस,नगर प्रमुख लगायत नेपाली समुदायका बिभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा आएका दक्षिण पूर्व एसियनहरुले कल्बमा प्रवेश गर्ने ईच्छा गरेको जानकारी आचार्यले बताए । कार्यक्रममा नेपाली सांस्कृतिक कार्यक्रमको पनि प्रस्तुति गरिएको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!