प्रधानमन्त्रीको सिंगापुर बसाइ एक दिन लम्बियो

Posted on: 11 Aug, 2019

साउन २६, काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य परीक्षण सम्बन्धी सबै रिपोर्टहरु आउन बाँकी समय लागेपछि सिंगापुर बसाई एक दिन लम्बिएको  छ  | प्रधानमन्त्री ओली भोलि सोमबार अपरान्ह थाइयरलाइन्सबाट काठमाडौं फर्किने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीको सिंगापुरमा गरिएको स्वास्थ्य परीक्षणको रिपोर्टहरु भने सन्तोषजनक रहेको बताइएको छ ।अपार्टमेन्टमा बसेका प्रधानमन्त्री चिकित्सकको परामर्शका लागि नियमित अस्पताल गएका छन् ।

१३ वर्षअघि दुवै मिर्गौला प्रत्यारोपण गरिएका प्रधानमन्त्री ओली यसअघि पनि सिंगापुरमा नियमित स्वास्थ्य जाँचका लागि जाने गरेका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!